नेता गगन थापाले गरे डान्स स्कुलको उद्घाटन


(सेलिब्रेटी नेपाल) ७ जेठ-नृत्य निर्देशक महेश गोदार र शिक्षक राम कृष्ण सिम्खडाले संचालनमा ल्याएको एशिएन डान्स स्कुलको जेठ ६ गते बुधबारका दिन नेपाली कांग्रेसका नेता तथा सभासद गगन थापाले उद्घाटन गरेका छन्। चाबहिलमा स्थापना गरिएको डान्स स्कुलको उद्घाटन कार्यक्रममा नेता गगन थापा,पहिलो चलचित्र नृत्य निर्देशक भैरब थापा,बरीस्ट नृत्य निर्देशक राजु शाह, नृत्य निर्देशक गोबिन्द राई,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का,निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल लगाएतका अतिथि हरुको उपस्थिति रहेको थियो।
Mahesh-godar-schoolस्कुलका संचलक तथा नृत्य निर्देशक महेश गोदारले कार्यक्रममा बोल्दै एशिएन डान्स स्कुलले नव प्रतिभा लाई प्रोत्साहन गर्ने तथा पुराना लाई सम्मान गर्ने परम्पराको सुरुवात गर्दै जाने योजना सुनाए। कार्यक्रममा प्रमुख अतिथि नेता गगन थापाले रिवन काट्नुको साथै स्कुलमा राखिएको नृत्यका सम्राट हरुको फोटोको अनावरण पनि गरे।
Gagan-thapa-mahesh

Copyright © 2012 - 2026 | All Right Reserved.