टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। सामाजिक बिषय बस्तुलाई हाँस्य कथाको माध्यमबाट प्रस्तुत गरिएको टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक गरिएको छ ,यस अघी तीन वटा टिजर,गीत सार्वजनिक भइ सकेको यस सिरियलको ट्रेलरलाई मिटर ब्याज प्रोडक्सनको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

सिरियलको शिर्षक ‘मिटर ब्याज’ भए पनि यस सिरियल भित्र माया प्रेम,साथीभाइ, घर परिवारको साथ साथै हरेक पक्षमा मिटर ब्याज अर्थात पैसा कै महत्व बढी हुने गरेको भन्ने बिषयलाई उठान गरेकोछ ।

जस्को कथा पि एल श्रेष्ठको रहेको छ भने उत्तम के सी,माधव दत्त पण्डित,प्रिया रिजाल,शुभेच्छा थापा,यादव देवकोटा सरापे,पी एल श्रेष्ठ,आशा बिश्वकर्मा,सपेन्द्र धिताल,जुनु कुवँर,करुणा तामाङ,पासाङ तामाङ लगाएत कलाकारहरुको अभिनय रहेको छ। सिरियललाई बिगत २५ बर्ष देखी कलाकारिता क्षेत्र सकृय नृत्य निर्देशक रत्न काजी जोशीले निर्देशन गरेका छन् । यस अगि झिल्के पण्डित,चल्दैछ,तथा दर्जनौ शर्ट मुभी र म्युजिक भिडियोको निर्देशन गरेका जोशीको यस हाँस्य सिरियल ‘मिटर ब्याजमा गीत. पटकथा तथा संबाद पनि निर्देशक जोशी स्वंयको रहेको छ । काब्या श्रेष्ठको प्रस्तुती र रिद्दी श्रेष्ठको निर्माण रहेको ‘मिटर ब्याज’ मा सन्तोश प्रगाढको संगीत,निकेश महर्जनको छायाँकन,बिश्वराम खड्काको सम्पादन,सुमन शंकरको मेकअप रहेको छ । यो सिरियल फागुन ११ गतेबाट मिटर ब्याज यु ट्युव च्यानलबाट प्रशारण हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.