‘रुखान’मा नीति पक्का, विद्रोही महिलाको भूमिकामा देखिने


सविर श्रेष्ठको निर्देशनमा बन्ने ‘रुखान’ चलचित्रमा अभिनेत्री नीति शाह पक्का भएकी छन।

नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण हुने सिनेमाका लागि निर्माणपक्ष र नीतिबीच सम्झौता भएको छ।

‘रुखान’को अर्थ फलामको सानो हतियार हुन्छ।

सिनेमा वैशाखको पहिलो साताबाट छायाँकनमा जानेछ।

‘रूखान’को कथा डाक्टर रूपक घिमिरेले लेखेका हुन् भने पटकथा र संवाद अभिमन्यू निरवीको रहनेछ।

कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने सिनेमाको कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन्।

सिनेमामा अर्जुन पोखरेलले संगीत दिनेछन्।

सविन सिनेमास्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा आवरण स्किन हेयर क्लिनिकले सहकार्य गर्नेछ ।

सिनेमामा अभिनेत्री नीति विद्रोही महिलाको भूमिकामा देखिने जानकारी दिएका निर्देशक श्रेष्ठले आफ्नो सिनेमाले सिंगो देशका नागरिकहरूले समस्याबाट जुध्दै गर्ने संघर्षलाई प्रस्तुत गर्ने बताए।

नीति अभिनीत ‘खजुरे ब्रो’को केही समय अगाडि प्याकअप भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.