सलमानले कट्रिनाको बहिनि लाई लिएर फिल्म बनाउंदै


कुनै समय सलमान खान र कट्रिनाकैफको प्रेमप्रसंगले सिंगो बलिउड तताएको थियो। समयको क्रमसँगै कट्रिना रणवीर कपुरसँग नजिकिएपछि सलमान आफ्नै बाटो लागे। एकपछि अर्को गर्दै बलिउडमा राज गरिरहेका सलमान हलिउड चलचित्र निर्माणतिर पनि लागेका छन्।
Isable-kaif
सलमान खान्स विइङ ह्युमन प्रोडक्सनको सहनिर्माण रहेको हलिउड चलचित्र ‘डा. क्यावी’बाट कट्रिनाकी बहिनी इसाबेले कैफले डेब्यु गरेपछि सलमान चर्चामा आएका छन्। ‘बलिउड ब्याड ब्वाइ’का रूपमा चिनिने सलमानको चलचित्रमा इसाबेलेको अभिनयलाई लिएर बलिउडमा अनेक चर्चा चल्न थालेको छ। स्रोतका अनुसार क्यानेडियन निर्देशक जिन फ्रानकोइस पाउलियटको निर्देशन रहेको यस चलचित्रको गतसातादेखि क्यानडाको टोरन्टोबाट छायांकन सुरु भएको छ।

सलमानको साथमा करिअर सुरु गरेका अभिनेत्रीले बलिउडमा राम्रो स्थान बनाएका छन्। बेलायतमा ट्याक्सी चलाउने एकजना बेरोजगार भारतीय चिकित्सकको कथा समेटिएको चलचित्र ‘डा. क्यावी’मा इसाबेले सहअभिनेत्रीका रूपमा काम गरि रहेको बताइएको छ। उनका साथै भिनय भिरमनी, एड्रिने पलिक्की, कुनाल नायरले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.