लिफ्ट-अफ ग्लोबल फिल्म फेस्टुवलमा छनौट भयो ‘अनकम्प्लिटेड’


नेपाली मूलका अभिनेता ओम राज राउत लिखित तथा प्रमोद तिरुवाल एवं सचिन अधिकारी निर्देशित छोटो सिनेमा ‘अनकम्प्लिटेड’ प्रतिष्ठित लिफ्ट-अफ फिल्ममेकर सत्र-२०२४ मा छनौट भएको छ।

यो सत्रलाई लिफ्ट-अफ ग्लोबल नेटवर्कले आयोजना गरेको थियो।

सिनेमालाई न्यू इनभिजन प्रोडक्सन कम्पनीले निर्माण गरेको हो ।

‘यो दुई वर्षदेखि मेहेनत गरिरहेको हाम्रो श्रृजनशील समूहका लागि अतुलनिय सम्मान हो’, सिनेमाका प्रमूख अभिनेता ओम राज राउतले भने।
सिनेमाका निर्माता सन्तोष लम्साल, प्रमोद विश्वकर्मा र सचिन अधिकारीले सिनेमाले यस्तो सम्मानित अवार्ड कार्यक्रममा पाएको यस प्रकारको प्रशंसाले आफूहरु खुशी बनेको प्रतिक्रिया दिएका छन्।

यो सिनेमाले शारिरिकरुपमा असक्षमताका बाबजुत साझा मानव अनुभवको खोजको कुरालाई सिनेमाको कथा बनाएको छ। सिनेमाले बाहिरी असमानताको सामना गरिरहेका एक पुरुष पात्रको न्यायको डर, प्रेम र स्वीकृति खोज्ने, र अन्ततः आफैलाई अँगालो हाल्ने यात्रालाई पछ्याउँने कथा भन्छ।

यसैगरी यो सिनेमाले विभीन्न सिनेमा महोत्सवहरुमा आफ्नो परिचय स्थापित गरेको छ।

यसका लेखक तथा मूखय कलाकार राउतको नेपालदेखि अमेरिकासम्मको सिने करियर यात्रा सहज थिएन नै र योसँगै एउटै टिमबाट एकपछि अर्को सर्ट फिल्म दिनुलाई उनीहरुले ठूलो उपलब्धि ठानेका छन्। राउत तथा उनका सहकर्मीहरु निकट भविष्यमा नै आफ्नो नविन प्रोजेक्ट लिएर आउने तयारी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.