रियालिटी शो ‘ र्याप ब्याटल नेपाल’ को अडिसन



काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको र्याप गीतको रियालिटी शो ‘ र्याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सुटिङ्गका काठमाडौंबाट भारतको सिक्किम प्रस्थान गरेको छ । शोको टिम बिहिबार काठमाडौंबाट सिक्किमका लागि प्रस्थान गरेको हो । टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाई गरेका छन् ।

यो शो एपीवान टेलिभिजनमा अप्रिलबाट प्रसारण आउँदैछ । नेपाली साङ्गीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताए । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए ।

शोको अडिसन भारतको सिक्किमसहित दार्जिलिङ र सिलिगुढीमा समेत हुँदैछ । दार्जिलिङ र सिलिगुढीको अडिसन पश्चात नेपालमा झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुदै काठमाडौंमा अडिसन हुनेछ ।

जस अनुसार फेबु्रअरी १७ मा सिक्किमको रेमन्ती सङ्गीत एकेडेमी, फेबु्रअरी १९ मा दार्जिलिङको होटल युमा, फेबु्रअरी १९ मा सिलिगुढिको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोडस्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन इन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाईडस्थित क्लब सिक्स्टिन र २१ एवम् २२ फागुनमा काठमाडौँमा हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.