काठमाडौं। नेपाली कलाकारहरुको नगरी मानिने अमेरिकाको बाल्टिमोरमा नेपाली र इन्डियन परिकार पाइने रोयल किचन नामक रेष्टुरेन्ट संचालनमा आएको छ । नेपाली युवाहरुले संचालन गरेको सो रेष्टुरेन्टको हालै बरिष्ट फिल्म निर्देशक नारायण पुरीले रिवन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा हाँस्य अभिनेता,गायक रतन सुवेदी,अभिनेत्री पूजा चन्दलगायतका कलाकार,स्थानीय ब्यबसायी तथा समाजसेवी उपस्थित थिए ।
अमेरिका निवासी उत्साही र अनुभवी युवाहरु सन्तोष घिमीरे,सरोज बस्नेत र सेफ कृष्ण सापकोटाले नयाँ ब्यबस्थापनका साथ संचालन गरेको रेष्टुरेन्टमा दिनुहँ नेपाली तथा बिदेशीहरुको भीड लाग्ने गरेको छ । बिसुद्ध नेपाली परिकारहरुका साथ आफ्नै मातृभूमिमा रहेको आभाष दिने प्रयास संचालनहरुको छ । निर्देशक पुरीले युवाहरुले जहाँ रहे पनि नेपालीपन कायम राख्दै सेवा दिइरहेकोमा खुशी ब्यक्त गरे । उनले रेष्टुरेन्टको सर्भिस निकै अब्बल हुनुका साथै परिकार पनि स्वादिष्ट रहेको जानकारी दिदै उनीहरुलाई अझ बढी सफलताको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा उपस्थिति कलाकार तथा ब्याबसायीहरुले समेत रेष्टुरेन्टका परिकार तथा सर्भिसको तारिफ गरेको संचालक मध्येका सन्तोष घिमीरेले जनाए ।