चलचित्र कार्साङ’अब जाने भो छायांकनमा



काठमाडौँ । चलचित्र ‘कार्साङ’ को सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा चलचित्रका मुख्य कलाकार बाहेकका केही कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै चलचित्रबाट न सृजना निङ्लेकुले डेब्यु गर्ने भएकी छन् ।

चलचित्रमा दिया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहने छ । यम शेर्पाको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

गोविन्द बोहोरा निर्माता रहेको फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ । फिल्मको प्रोडक्शन म्यानेजरमा दिलीप पन्त रहेका छन् ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।