चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला शुरु



काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने नि:शुल्क अभिनय कार्यशाला संचालन गरेको छ । बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार ३४ कलाकारहरुले अभिनय प्रशिक्षण लिइरहेका छन् । अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिइरहेको कार्यशालाका सहभागीहरुलाई बोर्डले खाजा र खानाको समेत व्यवस्था गरेको बोर्ड सदस्य केसीले बताए ।

कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको सम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवम् अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीप प्रदान गरिने प्रशिक्षक सापकोटाले बताए । बोर्डले केही समय पश्चात मेकअप तथा सम्पादन सम्बन्धी कार्याशाला पनि संचालन गर्ने तयारी गरिरहेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.