सरलाको गीतमा उदित र दिपाको स्वर (भिडियो)



काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिका बस्दै आएकी गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज भोली’ मा लक्ष्मण पोखरेलको संगीत रहेको छ । मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । भिडियोले प्रेममा परेको मान्छे कति खुशी हुन सक्छ भनेर देखाउन खोजेको छ । जसमा मोडल विजु पार्कीसँग श्रद्धा क्षेत्रीले अनस्किन रोमान्स गरेकी छिन् । प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको गीतको भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् । उत्सव दाहालको छायाकंन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । भिडियो एसएस क्रिएशन च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.