‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने



काठमाडौँ। चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने भएको छ । बुधवार बसन्त पञ्चमीको अवसर पारेर सिरियल टिमले नाम सार्वजनिक गरेको हो । चलचित्रमा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको छैन । टिमका एक सदस्य दीपक आचार्य ‘काकु’ का अनुसार चलचित्रको सम्पूर्ण टिमको बारेमा केहि दिनमा औपचारिक घोषणा गरिनेछ। उनका अनुसार चलचित्र २०८१ बैशाखमा छायाँकन गर्ने योजना रहेको छ।

सिरियलको टिम पछिल्लो समय फिल्मको​ स्क्रिप्ट लेखनमा व्यस्त थियो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ निकै लोकप्रिय छ । सिरियलमा यी दुईका साथमा सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’लगायतको अभिनय रहँदै आएको छ । कथाले मागे अनुसार ‘लाज शरणम्’ मा ‘सक्किगोनि’ का कलाकारहरु नै रहनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.