सेतो कुर्था अनि रातो सलमा दयासँग रोमान्टिक आँचल


भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला- एम. ए थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ।

सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

सेतो कुर्थामा रातो सलमा सजिएकी आँचलले दयालाई प्रेमिल नजरले हेरेर मुस्कुराइ रहेकी छन् भने दया पनि उस्तै रुमानी शैलीमा मुस्कुराइरहेका छन्।

पोस्टरसँगै सिनेमाको टिजर सार्वजनिक मितिसमेत सार्वजनिक गरिएको छ। सिनेमाको पहिलो टिजर यही फागुन ७ गते रिलिज हुनेछ।

सिनेमा नयाँ वर्षमा रिलिज हुनेछ।

सोही नामको नाटकमा आधारित सिनेमालाई प्रतिक्षित सिनेमा मानिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.