फस्ट लुकमा यस्तो देखियो केकीको ‘बोक्सीको घर’



अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरेकी छन् । बैशाख १४ गते रिलिज हुने सिनेमा केकी अधिकारीले निर्माण गरेको सिनेमा हो ।

सार्वजनिक पोस्टरले सिनेमाको थिम प्रस्तुत गरेको छ।

नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने गरिन्छ । पोस्टरमा सोही भनाइलाई बिम्ब बनाइएर प्रस्तुत गरिएको छ।

कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको पोस्टरमा देख्न सकिन्छ । सो पोस्टरमा महिला पात्रलाई पछाडिबाट देखाइएको छ, अनुहार देखाइएको छैन। पोस्टरमा ठूलो पिपलको बोट र पूर्ण चन्द्रमालाई देखाइएको छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो। सिनेमाको निर्मातामा केकीका बाबु बद्री अधिकारी छन् ।
यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

केकी यो सिनेमालाई नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजनामा रहेकी छन्।

सिनेमामा केकीको मुख्य भूमिका छ। उनका सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ ।

केकीले पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘खुल्नेछन्, एक-एक गर्दै रहस्यका पोकाहरु। झुठ, न पहिले लुकाएर लुक्यो, न अब नै लुक्नेछ । हट्नेछन् भ्रमका तुँवालोहरु । हुनेछ जित, अवश्य‘ सत्यको !’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.