‘पिताम्बर’मा सुपुष्पा भट्टको इन्ट्री


‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन्।

सिनेमालाई कृषा चौलागाईंले निर्देशन गर्दैछिन्।

यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्। सिनेमामा प्रदिप खड्का ‘पिताम्बर’को शीर्ष भूमिकामा देखिनेछन्
सिनेमाको सरस्वती पूजाको दिन पारेर आज शुभसाइत गरिएको छ ।

आगामी हप्ताबाट फ्लोरमा जाने सिनेमाको दुई चरण सुटिङ गरिनेछ । पहिलो चरणमा १५ दिने सुटिङ तालिका रहेको छ।

पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले अभिनय रहनेछ।

सिनेमालाई प्रदिप भारद्वाज लेखेका हुन्। सिनेमालाई विशाल चौलागाईंले निर्माण गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.