साहित्य, संस्कृति तया पर्यटनको सङ्गम सङ्कल्पधाम निर्माणको लागि श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ



काठमाडौँ। शुभ कामको लागि शुभारम्भ शुभकार्यबाट नै गरौँ भन्ने भावनालाई अनुसरण गर्दै २०८० फागुन ५ गते देखि ख्यातिप्राप्त कथा वाचक आचार्य श्री राघव उपाध्यायबाट श्रीमद्भागवत महायज्ञ हुने भएको छ। साहित्य संवर्द्धन केन्द्र नेपालको आयोजनामा संकल्प धामको निर्माण सहयोगार्थ श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो।

भाषाको विकास र संवर्द्धनमा राज्य पनि उदासिन छ। एक वर्षभित्र कहाँ, कसले र कुन विषयका पुस्तक प्रकाशित गर्यो ? यसको अभिलेख राज्यका कुनै निकायबाट प्राप्त हुँदैन। साहित्य संवर्द्धन केन्द्रले नै यो काम किन नगर्ने भनेर २०७१ सालदेखि वर्ष साहित्य पुस्तक नामको अभिलेखन ग्रन्थ प्रकाशित गर्दै आएको छ।

१ लाख पुस्तकको पुस्तकालय, बौद्धिक व्यक्तित्वहरूका अनुसन्धान कक्ष, सांस्कृतिक सम्पदा भवनहरू निर्माण गर्ने उदेश्यले महायज्ञ आयोजना गर्न लागेको हो। एकातिर साहित्यकार, कलाकार, इतिहासकार, संस्कृतिविद जस्ता बौद्धिक व्यक्तित्वहरूको अनुसन्धान कक्ष तथा सङ्ग्रहालय छैन भने अर्को तर्फ युवालाई साहित्य लेखन तथा पठनप्रति आकर्षित गराउने कार्य पनि हुन सकेको छैन। सो उदेश्य प्राप्तिको लागि केन्द्रले साहित्य-संस्कृति संवर्द्धन भवनका साथै अनुसन्धान कक्ष, सम्पदा भवन आदिको भौतिक संरचना निर्माण गर्ने भावी योजना तयार पारेको छ। साहित्य, संस्कृति तथा पर्यटनका लागि वेङ्कटेस मन्दिर बत्तीसपुतली गौशालामा हुने ज्ञान-विज्ञान महायज्ञमा सबैसँग सहयोगको अपेक्षा संस्थाले राखेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.