उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न



काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।

पाँचथरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । चलचित्र २०८१ साल वैशाख २१ गते बाट प्रदर्शनमा आउनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा ‘मनसरा’ का निर्देशक हुन् । चलचित्रमा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

चलचित्रमा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ ।