दयाहाङ भर्सेस दयाहाङ, चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा

यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ।


काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ। चलचित्र ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।

किरण नेपालीको प्रस्तुतीमा बनेको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो चलचित्रलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘दयारानी’मा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ । माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । चलचित्रलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.