हमजाएगा दर्शक जालान् कि नजालान्


(सेलिब्रेटी नेपाल) ४ जेठ- नेपाली चलचित्रको नाम अब सुन्दै अचम्म लाग्दछ। जोक्स् र चुटकिलामा अक्सर प्रयोग हुने नाम ‘हमजाएगा’ यो नामको चलचित्रको निर्माण भएको छ । हाल पोष्टप्रोडक्सनमा रहेको चलचित्र ‘हमजाएगा’ दार्जिलिङ्ग र खर्साङ्गमा निकै प्रलचित रहेका हमजाएगाको नाममाथी बनेको हो । यस चलचित्रमा बाबु बोगटी, विल्सनविक्रम राई, पार्वती राई, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरी लगायतले अभिनय गरेका छन्। चलचित्रको निर्देशन सुरेन्द्र पुनले गरेका हुन् ।
Hamjayega-poster
चलचित्र ‘हमजाएगा’ रोमान्टिक कमेडी चलचित्र रहेको बतैएको छ। चलचित्रलाई टंक गुरुङ्ग, सुर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ। चलचित्र ‘हमजाएगा’ हेर्नको लागि दर्शक जाने हुन् कि नजाने हुन् त्यो त रिलिज पछि नै थाहा हुनेछ। चलचित्र लाई राम्रो बनोस यहि सुभकामना।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.