अभिव्यक्ति स्वतन्त्रताको बिरुद्द नजान सरकारलाई निर्देशक समाजको चेतावनी

सेन्सर बोर्डले जङ्गबहादुरकालीन मुलुकी ऐनलाई समेत बिर्साउने गरी कार्यविधि ल्याउने तयारी गरे पछि


 

काठमाडौँ । चलचित्र सेन्सर बोर्डले ल्याउन लागेको कार्यविधिले चलचित्र निर्माणको भविष्यमाथि नै गम्भीर असर पुग्ने चलचित्र निर्देशक समाजले बताएको छ । जङ्गबहादुरकालीन मुलुकी ऐनलाई समेत बिर्साउने गरी थपिएका प्रावधानले चलचित्र निर्माणको सौन्दर्य र संविधानले प्रदत्त गरेको अभिव्यक्तिको स्वतन्त्रता माथि पनि कार्यविधिले बन्देज लगाउने ठहर समेत समाजले गरेको छ ।

निर्देशक समाजले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित कार्यविधि नेपालको संविधानको धारा नम्बर २ मा रहेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बुँदाको विपरीत रहेको समेत बताएको छ ।

‘सञ्चार मन्त्रालयले चलचित्र सम्बन्धी सङ्घ–संस्थालाई साक्षीको रूपमा बोलाउने र सङ्घसंस्थाले दिएको सुझावलाई बेवास्ता गरी आफूखुसी कार्यविधि बनाउने कुराको पनि भर्त्सना गर्दछ’, अध्यक्ष जनकदीप पराजुलीद्ववारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सरोकारवाला संस्थाका सुझावलाई बेवास्ता गरी ल्याइन लागेको चलचित्र जाँच कार्यविधि सरकारले अविलम्ब फिर्ता नगरे यसले गम्भीर परिणाम निम्त्याउने कुरामा सचेत रहन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौँ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.