सौगात र बेनिषाको ‘सिटामोल’ लुक्स सार्वजनिक



काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन हाल सिन्धुलीमा भैरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म चलचित्रको करिब ५० प्रतिशत छायांकन सकिएको छ । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । चलचित्रमा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन् । चलचित्रमा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।