चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा,साम्राज्ञीको मुख्य भुमिका



काठमाडौं। चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा गरिएको छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र आविस्कार बहुसन्चारको ब्यानरमा निर्माण हुने चलचित्रमा
साम्राज्ञी राज्यलक्ष्मी शाह र आर्यन अधिकारी प्रमुख भूमिकामा अनुबन्ध भएका छन् । रोमान्टिक प्रेमकथामा आधारित ‘रुमानी‘ लाई अनिल योन्जनले निर्देशन गर्ने छन् । योन्जनले यसअघि चलचित्र ‘डायरी’ निर्देशन गरेका थिए ।

जिएम ठकुरीको प्रस्तुतीमा बन्ने चलचित्र अस्ट्रेलियामा छायाँकन गरिने छ। ‘रुमानी‘को अर्थ भावुकतामय प्रेम हो । चलचित्रको सह निर्माता सुशील थापा,श्रीजन बस्नेत,संतोष सारु, विजय अधिकारी हुन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेका छन्। महेश पौडेलले छायाँकन गर्ने चलचित्रको अन्य प्राबिधिक र टिमको बारेमा खुलाइएको छैन। बितरणको जिम्मा श्रीराम बालाजी फिल्मस (सुनील मानन्धर) ले लिएका छन्।