कलाकार तथा मोडल सागर लम्सालले किने इलेक्ट्रिक भेहिकल



काठमाडौँ । टेलिभिजन सिरिजका चर्चित कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले नयाँ बिजुली गाडी किनेका छन् । यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका बलेले त्यो सँग साटेर एमजी ब्राण्डको इलेक्ट्रिक भेहिकल ५३ लाख रुपैयाँमा किनेका हुन् । काठमाडौँ तिनकुनेमा रहेको कामना अटोमोबाइल बाट उनले उक्त इलेक्ट्रिक भेहिकल खरिद गरेका हुन्। अटोमोबाइलका संचालक लक्ष्मण बन्जाराका अनुसार पछिल्लो समय इलेक्ट्रिक भेहिकलको माग बढेको छ।

पेट्रोलबाट चल्ने गाडी चलाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको अनुभव सुनाउँदै उनले विद्युतीय गाडीले पैसा बचत हुने आशा लिएको बताए । उनले धेरै बिजुली गाडी चढ्दा ऊर्जाको पनि खपत हुने बताए । बलेले तीन वर्षदेखि गाडी प्रयोग गर्दै आएका छन् । कामको कुरा गर्दा उनी यतिबेला ‘सक्किगो नि’ टिभी सिरिज र म्युजिक भिडियोमा व्यस्त छन् ।