जनकको चलचित्र ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोरमा जाने



काठमाडौँ। अहिलेका सबै भन्दा व्यस्त कलाकार दयाहाङ राई अभिनित दुईवटा चलचित्र आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र ‘दयारानी’ र चलचित्र ‘हात्तीछाप’ एकै दिनबाट प्रदर्शनमा आउने भएका हुन्। दयाहाङको दौडधुप धेरै नै देखिएको छ। यसै साता मात्र ‘भूठान’ (द वर्ल्डस ह्यपियस्ट म्यान) को छायाँकन सकेर अमेरिकाबाट फर्किएका राई दुई चलचित्रको प्रचार प्रसारमा व्यस्त छन्। यसै साता उनले उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ को छायाँकनलाई पनि समय दिनु पर्नेछ।

केहि समय अघि देखि प्रि-प्रोडक्सन सकेर बसेको अर्को चलचित्र ‘घरज्वाईं’ को छायांकन पनि फागुन १ गतेबाट सुरु हुने भएको छ। चलचित्र ‘घरज्वाईं’ का निर्माता जनक घर्ती मगरका अनुसार फागुन १ गतेबाट चलचित्रको छायाँकन पूर्वी रुकुम र तकसेरामा गरिनेछ।

सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ। चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्। निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। फिरोज खड्का सहायक निर्देशन रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.