स्टार क्रियसन फिल्म एकेडेमीको शुभारम्भ



काठमाडौँ। स्टार क्रियसन फिल्म एकेडेमीको शुभारम्भ गरिएको छ। चाबहिल सरस्वती नगरमा शुभारम्भ गरिएको एकेडेमीको उद्घाटन कार्यक्रममा थुप्रै सिनेकर्मीको साथमा शंखरापुर नगरपालिकाका प्रथम मेयर सुवर्ण श्रेष्ठको उपस्थिति रहेको थियो। एकेडेमीमा अभिनय,नृत्य, सम्पादन,छायाँकन,भिएफ़एक्सका कक्षाहरु संचालन हुनेछ।

राजधानी काठमाडौँमा कला क्षेत्रमा भबिष्य बनाउन चाहने हरुका लागी तालीम संगै काम गर्ने अवसर पनि प्रदान गर्ने योजना र
कक्षाका साथै यहाँबाट उत्पादन भएका विद्यार्थीलाइ अवसर दिने संचालक राजु श्रेष्ठले बताए। एकेडेमी राकेश श्रेष्ठ र राजु श्रेष्ठको लगानीमा खुलेको हो। कार्यक्रममा बुद्दि तामाङ,सुरवीर पण्डितले रिवन काटेर औपचारिक शुभारम्भ गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.