दयाहाङ र आँचल ‘दुखी आत्मा’ मा सँगै



काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’ मा अभिनेत्री आंचल शर्मा भित्रिएकी छन् । चलचित्र निर्माण ब्यानर क्लक वर्क कृएसनले को प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको हो ।

स्क्रिप्टको माग अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यस अघिनै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ २’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । चलचित्रका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.