योजनाको सफल गायकको परिचय बनाउने योजना


(सेलेब्रिटी नेपाल) १ जेठ-लामो समयसम्म रेडियो तथा टेलिभिजनमा सांगितिक कार्यक्रम चलाएर यो क्षेत्रको अवस्था बुझ्दै केहि समय पहिले मात्रै ‘मनै त हो’ नामको एल्वम बजारमा ल्याएकी (आर जे.,भि जे.) गायिका योजना पुरी आफ्नो बारेमा जति चिन्तित छिन त्यती नै आफ्नो पेशाको बारेमा पनि चिन्तित छिन। त्यसैले त केहि दिन अघी परेको आफ्नो जन्मदिन समेत उनले यो क्षेत्रप्रती समर्पत गर्दै फरक ढंगले मनाईन। योजनाले यो क्षेत्रका स्रष्टाहरुलाई उपस्थित गराएर ‘नेपाली सांगितिक बजार बिगत, वर्तमान र भविष्य’ भन्ने बिषयमा अन्तर्क्रिया गर्दै मनाएकी थिईन।
Yojana-Puri
नयाँ एल्वमको तयारी गर्दै योजना भने जो पनि गायक हुन्छु भन्ने अनि जसले पनि संगितकार हुन्छु भन्ने सोच्दा सांगितिक क्षेत्रमा पछिल्लो समय केहि बिकृती पनि भित्रिएको तर्क गर्दै यो क्षेत्रमा नै लागेर केहि गर्छु भन्ने सोच भएको मान्छेलाई गीत-संगीतमै लागेर बाँच्न कुनै गार्हो नहुने बताउँछिन। तर त्यसको लागी ‘मल्टि ट्यालेन्ट’ भने हुन पर्ने उनको तर्क छ।

पछिल्लो आठ बर्षदेखी सञ्चारमाध्यममा लागेर नेपाली गीत संगीतको अवस्थालाई नजिकबाट नजर अन्दाज गरेकी मोरङ राजघाटकी स्थायी घर भएकी योजना नेपाली गीतसंगीतको ‘जग’ बनेका पुराना स्रष्टाहरुलाई सम्मान गर्दै नव प्रवेशीहरुले उहाँहरुबाट नै केहि सिकेर अगाडी बढ्नुपर्ने तर सुरुमा नै धैरै कुरा गर्छु भन्ने बढी महत्वकांक्षी हुन भने नहुने बताउँछिन।

नेपाली सांगितिक क्षेत्रमा महिलाहरुको उपस्थितीको कमी देखेकी योजनाले भोलीको दिनमा पनि यो क्षेत्रमा नै लागेर राम्रो अनि सफल गायकको परिचय बनाउने लक्ष्य भएको सुनाईन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.