चलचित्र ‘हात्तीछाप’ टिम सामाजिक कार्यमा पनि



काठमाडौँ। माघको २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हात्तीछाप’ ले सुस्ताएको बक्स अफिसलाई उठाउने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको प्रमोशनमा रहेको निर्माण टिमले सामाजिक सेवामा पनि हात हालिरहेको छ । यसैबिच, माघको १३ गते ‘हात्तीछाप’को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जहाँ, उपस्थित भएका नागरिकहरुलाई निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

यस्तै, जटिल रोगका बिरामीहरुलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ । बृहत्त स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो ।

यो शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरुले नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । चलचित्र ‘हात्तीछाप’का प्रस्तुतकर्ता नेपाली भन्छन्–‘हामीले फिल्मलाई व्यवसायिक कोणबाट मात्र हेर्नु हुदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौं ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.