मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट



काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर भएको जानकारी दिइयो ।

कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअप घोषणालाई देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । यसअघि भामको फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.