मौलिक गाउँघरको कथामा समिरको ‘किन न बोलेकी’



काठमाडौँ। फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गीत ‘किन न बोलेकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समिप इन्टरटेन्मेन मार्फत सार्वजनिक भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप शैलिमा रहेको गीतमा समिर थापाको स्वर रहेको छ।

मिलन शंकरले छायांकन गरेको भिडियोको सम्पादन नकुल खड्काले गरेका छन्। रोहन नेपालीले निर्देसहन गरेको भिडियोमा त्रीकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । मगर समुदायको संस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई भिडियोमा उतारेको निर्देशक रोहनले बताए ।