समसामयिक कथामा बनेको लघु चलचित्र ‘रातो भाले’ यु ट्युबमा



काठमाडौँ । गायक तथा कलाकार शंकर श्रेष्ठ अभिनित लघु चलचित्र ‘रातो भाले’युट्युबमा सार्वजनिक गरिएको छ। नगेन्द्र नेपालको निर्देशनमा बनेको लघु चलचित्र ‘रातो भाले’ को कथा रोशन श्रेष्ठको रहेको छ। अमर श्रेष्ठ निर्मित लघु चलचित्रको छायाँकन र सम्पादन रोशन श्रेष्ठले गरेका हुन्। समसामयिक कथामा बनेको लघु चलचित्रमा पार्श्व संगीत विषम आचार्यको रहेको छ।

लघु चलचित्रमा शंकरको अलावा सिगु रतन,सोनिया कटवाल,राजु खरेल,दिलिप कुमार,नसिब मुखिया,कृष्ण अनमोल,नगेन्द्र नेपाल,सुष्मा श्रेष्ठ,पदम कोइराला,तुल बिक्रम तामाङ,केशर श्रेष्ठको अभिनय रहेको छ। ट्रेलर क्रियटिभ हावर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.