योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली



काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

७७ वर्षीय गायक तथा संगीतकार वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन हो । उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् । वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.