आँखा नदेख्ने हुँदा केकी लाई माधवले डोर्याए(भिडीयो)


(सेलिब्रेटी नेपाल) ३१ बैशाख – प्रमोद खरेलको स्वर तथा रुपेश मास्केको शब्द तथा संगीत रहेको कुनै मायामा.. गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। भिडियो सेयरिंग च्यानल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको छ। रुपेश मास्केको शब्द तथा संगीतमा रहेको गीतको भिडियोको निर्देशन नवल नेपालले गरेका छन्। भिडियो लाई दिव्यराज सुबेदीले खिचेका हुन्।
Keki-adhikari-&-madhav-kc
भिडियोमा नायिका केकी अधिकारी आँखा नदेख्ने हुन्छिन उनलाई नायक माधव के सी ले धेरै नै सहयोग गर्दछन्। यति सम्मकि नायकले आफ्नो आँखा दिएर केकी लाई आँखा देख्न सक्ने सम्म बनाएको दृश्य देखाउन खोजिएको छ। भिडियोको सुटिंग सिंह दरबार,चोभार र बोगटी स्टुडियोमा गरिएको हो।