प्रकाश सपुतको ‘समय’ यु ट्युबमा (भिडियो)



काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ यु ट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको चलचित्रको सम्पादन सन्तोष अधिकारीले गरेका हुन्।

चलचित्रमा अनिश अधिकारी र देवेन्द्र बब्लुको शब्द संगीत तथा देवेन्द्र बब्लु र बिशाल निरौलाको स्वर रहेको छ। द पाल्म ग्रुपको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश सपुतको साथमा देवेन्द्र बब्लु,सन्दीप बाबु लोहनी,सारांश थापा,अर्जुन दुलाल,रेजिना एक्चै मगर,प्रमिषा खड्का,घनश्याम गौतम,अमृत केसी,योगेश खत्री,युग ज्योति गौतम,नमस्ते दिवाकर,अनिश अधिकारी र सरिता राजोपाध्यायको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.