शिशिर भण्डारीको सिरियल ‘फोटो फिरिममा’ यु ट्युब ट्रेण्डिङ्गमा



काठमाडाैं | कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । ​सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब, हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानलमार्फत सिरियल हेर्न सकिनेछ । सिरियलले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। सिरियलले यु ट्युब ट्रेण्डिङ्गमा समेत स्थान बनाएको छ।

सिरियलमा भण्डारीकै कथा, पटकथा एवम् संवाद लेखन छ। सिरियललाई सन्तोष राजबहाकले निर्देशन गरेका हुन्। सिरियलमा शिशिर भण्डारी, दिपिका थापा, आभा थापा, विपना बस्नेत, रिनेक्स बस्नेत, रिवाज गौतम, गीता थापा, मोहन भण्डारी, निरज घिमिरे, अविनाश गौतमलगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अनुरोध भण्डारीले अभिनय गरेका छन्। थुप्रै म्युजिक भिडियोमा निर्देशन गरि सकेका सन्तोषले तेली सिरियल निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन्।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको सिरियललाई राज कार्कीले सम्पादन गरेका हुन्। शिशिरको शब्द एवम् संगीतमा रहेको ‘फोटो फिरिममा’ गीतलाई निकै रूचाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.