गणेश गुरुङको हङकंग आएर सोल्टिनी सार्वजनिक



काठमाडौँ। बिगत २ दशक देखी नेपाली कल्चरल चलचित्र निर्माण र निर्देशनमा सकृय गणेश गुरुङ (सुबास) ले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छि) मा कलाकार र सह निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रबेश गरी मिह्थेबा, ङै नासा,भुलिगय पाप लाग्ला ,ङै जिन्दगी,ङै क्या,आस्यो,भेडिगोठाले,कुटुम्बेरी लगायत दर्जनौ गुरुङ समुदायमा आधारित चलचित्र निर्माण निर्देशन गरि सकेका छन् ।

आफ्नो भाषा संस्कृति को जगेर्णा गर्नुपर्छ भन्ने बिचार राख्नने निर्देशक गुरुङले थुप्रै गुरुङ भाषाको गीतमा समेत संगीत र स्वर दिएका छन् यसैको सिलसिलामा बिदेश पुगेर आफ्नो र गाउँ घरको मौलिकता बिर्सिएर बिदेशी सस्कृतीमा आकर्शित भइ रहेको कथामा आधारित म्युजिक भिडियो हङकंग खसी ङोलोस्यो (हङकंग आएर सोल्टिनी) सार्वजनिक गरेका छन् । भिडियोमा गणेश र खुसी गुरुङ फिचर्ड छन्।

क्लाईमेक्स आर्टको प्रस्तुती रहेको गीतमा स्वर सुबाश गुरुङ (गणेश)को छ। गीतमा सुबाश गुरुङकै शब्द रहेको छ साथै संगीत सम्योजन तेजेन्द्र गुरुङको रहेको छ। हंगकंगका स्थायी वासिन्दा सुबाश गुरुङ्(गणेश) गुरुङ चलचित्र कर्मीहरुको साझा संस्था गुरुङ फिलिम एसोसिएसनका संस्थापक उपाध्यक्ष समेत हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.