सिरोसा बनिन् मिसेस नोबेल नेपाल २०२४



काठमाडौं। मिसेस नोबेल नेपाल २०२४ को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यहि चैतमा इजिप्टमा हुने एन.एफ.इ.ए. अवार्ड २०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आईतबार राजधानीको म्यूजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फ्स्ट रनर अप र जुना भण्डारी सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा “जती हेर्यो उती राम्रो” बोलको गीतमा ओपनिङ्ग नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफिमा दुई साताको प्रशिक्षण पश्चात् स्टेजमा आफूलाई पारङ्गत रुपमा परिचय चरण, प्रश्नोक्तर र क्राउनिङ्ग चरणमा उतारेका थिए । कार्यक्रममा विविध सव–टाईटलहरू समेत वितरण गरिएको थियो जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट,मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल २०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल २०२३ अनुषा केसी रहेका थिए । कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेज सम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.