धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा



काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो। चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन्। थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भइसकेका छन्। दुई वटा सुटिङ तालिकामा खिचिने चलचित्रका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन्।

चलचित्र ‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन्। चलचित्रमा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.