मेरो जीवनसाथी लाई मंसिर १५ गतेदेखि भेट्न पाइने



सेलेब्रिटी नेपाल मंगसिर ४- नवनिर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित ‘मेरो जीवनसाथी’ आगामी मंसिर १५ गतेदेखि नेपालभरबाट प्रदर्शनमा आउने भएको छ ।अडियो भिडियो एल्बमको उत्पादन र वितरण गर्दै आएको यमन म्युजिकले पहिलो पटक निर्माण गरेको चलचित्रका निर्माता सूर्य कार्की हुन् । पटकथा सामीप्य तिमलसिना, संगीत अर्जुन पोखरेल, छायांकन रामेश्वर कार्की र द्वन्द्व हिमाल केसीको छ ।राजेश हमाल, रेश मरहठ्ठा, सुष्मा कार्की, रागिनी खड्गी, शिवन पोखरेल, , विष्णु सापकोटा, रामचन्द्र अधिकारीलगायत कलाकार मुख्य भूमिकामा छन् । प्रेमकथालाई अन्य चलचित्रले भन्दा भिन्न शैलीमा प्रस्तुत गरेकाले ‘मेरो जीवनसाथी’ सफल हुनेमा आफू विश्वस्त रहेको निर्देशक भट्टराईले बताए।