पोएट आइडलका उत्कृष्ट पाँच मण्डलाको मन्चमा



काठमाडौँ। नेपालकै पहिलो कविताको रियालिटी शो ‘द पोएट आइडल’ को पहिलो सिजनका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरु माघे सक्रान्ती को दिन मण्डला थियटरमा कविता सुनाउदै छन् । पौवा स्टुडियो को प्रस्तुति रहेको शो ‘बजारका कविता’ मार्फत पोएट आइडल सकिएपछी पहिलो पल्ट मञ्चमा संगै उभिदैछन् । कविहरु, अनुप न्यौपाने, मिल्सन राई, पल्लविव, निलम गुरुङ्ग र न्याथन रायन सगै संगीतमा अरुण लामा, सबिन कटुवाल र रायन राजभण्डारीको जुगलबन्दी हुनेछ।

प्रतिस्पर्धामा भेटिएका कविहरु साथी भएर कविता सगै पोएट आइडलको यात्रा स्मरण सुनाउनेछन् । माघ १ गते साझ पाँच बजेबाट सुरु हुने ‘बजारका कविता’ को लागि टिकट मण्डला थियटरको वेबसाईट साथै मण्डला थियटरको बक्स अफिसमा उपलब्ध छ।