कबड्डी नाम किन राखियो ?


(सेलिब्रेटी नेपाल) २९ बैशाख-नेपाली चलचित्र बजार नेपाली चलचित्र निर्माता निर्देशक अनि दर्शकको ताल मेल कत्तिको छ ? सबैले सहजै अनुमान लगाउन सक्छन तालमेल हुने हो भने उद्योग आज यस्तै ल्यांग फ्यांग हुने थिएन होला। अनि चलचित्रको कथा बस्तु अनुसार चलचित्रको टाइटल सुहाउने हुनु पर्छ कि पर्दैन। अलि बर्ष अघि सम्म निर्माता हरुले चलचित्रको नाम ज्योतिषका अनुसार राख्ने गर्दथे तर हाल ज्योतिषको भर पर्ने चलन कम हुँदै गएको छ।
kabaddi-poster
अहिले राम्रो व्यापार गरि राखेको चलचित्र ‘कबड्डी’ राम्रो चलचित्र बनेको छ। चलचित्र मा समाबेश हिमाली दृश्य हरु पनि मनमोहक देखिन्छ। कलाकारको अभिनय,कथा बस्तु पनि राम्रै छन् तर टाइटल कसरि र किन ‘कबड्डी’ राखियो भन्ने कुरा बुझ्न नसकेर दर्शक अलमलमा पर्छन। दयाहांगको अभिनयको चलचित्र हेर्ने जति दर्शकले तारिफ गरेका छन्। निश्चल बस्नेत पनि के हिरो बनेका होलान भन्ने दर्शकहरु चलचित्र हेरे पछि निश्चलको कामको पनि वा वा हि गर्न थालेका छन्। चलचित्र समाबेश एउतै मात्र गीत सुहाएको छ। स्कुलको चौरमा केहि बच्चा हरु दौडने तान्ने जस्तो गर्दै खेली राखेका हुन्छन त्यो दृश्य बाट नेपालको रास्ट्रिय खेल कबड्डी हो भनेर चिन्ने हरुले त कबड्डी खेल्दै गरेको हो भन्ने थाहा पाउदछन् तर अरु दर्शकले के हो भनेर अलमल पर्छन। यत्ति एक सीनले चलचित्रको पुरै नाम राख्नु ठिक हो त? कथा अनुसार नाम नमिलेको नै हो कि? किन नाम कबड्डी रहन गयो त्यो त निर्माण पक्ष लाई नै थाहा होला?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.