भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोदले जिते



काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे ।

भ्वाइस अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.