नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक



काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ। आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । चलचित्रले नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको निर्देशक खड्का बताउँछन् ।

चलचित्रमा नवलका अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि अभिनय छ ।चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । माकिको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।