चलचित्र ‘ईश्वर’ मा पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित



काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘ईश्वर’ मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा जाने तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रमा यसअघि नै कलाकार शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारी अनुबन्धित भई सकेका छन् । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.