राजेश हमालले हँसिया लन्डन पुग्दाको अनुभव सुनाए


(सेलिब्रेटी नेपाल) २३ बैशाख- थुप्रै म्युजिक भिडियो निर्देशन पश्चात चलचित्र निर्देशनमा हात हालेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘हँसिया’ को आज राजधानीको दरबारमार्ग स्थित मधुसला रेस्टुरेन्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको लण्डनमा प्रदर्शन गर्दाको अनुभव पत्रकार माझ साट्ने कार्य सम्पन्न भएको छ।
hasiya-movie
नेपाली समाजमा रहेको हत्या हिंसाको बिरुद्ध कसरी लाग्नुपर्छ भन्ने कथालाई देखाईएको चलचित्र हसिया नारी पात्रको प्रतिनिधित्व गराउदै पूर्ण एक्सन र सस्पेन्स चलचित्र हसियाको निर्माण गरिएको छ। जेठ ९ गते रिलिज हुने यो चलचित्रकी मुख्य नायिका हेम श्रेष्ठ भने कार्यक्रममा उपस्थित हुन सकिनन्। कार्यक्रममा नायक राजेश हमाल र निर्देशक मिलन चाम्सले आफ्नो लन्डन अनुभव सुनाएका थिए।
milan-chams
‘हँसिया’मा राजेश हमाल, हेमा श्रेष्ठ, अनुप बिक्रम शाही, रुबी राना, विशाल ढुंगाना, आलोक कार्की लगायतको मुख्य भूमिका रहेको छ। आगामी जेष्ठ ९ गते नेपाल भर रिलिज गरिने चलचित्र हसिया अप्रिल २७ गते हङ्कङ् र अप्रिल ३० मा लण्डनमा रेड कार्पेट प्रिमियर सो गरिने भएको छ।
photo by-maheswor man singh

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.