आमाको कथा बाबुको एक्सन छोराको क्यामेरा


(सेलिब्रेटी नेपाल) २२ बैशाख-पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि पुन चलचित्रमा फर्किएका छन्। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कट लाई उनका छोरा सशांक प्रधानले खिचिरहेका छन्। चलचित्र सन्यास बनाए पछि उनि धेरै लामो समय चलचित्रमा देखा परेनन्। उनले निर्देशन गरि रहेको उनको १४ औं चलचित्रको नाम ‘रंग बैजनी’ हो। नुतन स्टुडियो छायांकन भई रहेको चलचित्र ‘रंग बैजनी’ मा समाबेश तीज सम्बन्धि गीतको आज छायांकन भएको छ उक्त गीतमा नायिका गरिमा पन्त र सुमिना घिमिरेले नृत्य गरेका छन्। दुइ नायिका लाइ नृत्य निर्देशक बसन्त श्रेष्ठले नृत्य सिकाई रहेका थिए।
Rang-Baijani-posterतीजको गीत छायांकन भैरहेको अवस्थामा चलचित्रकी निर्मात्री एवं लेखिका नुतन प्रधानको जन्मदिनको केक पनि काटिएको थियो। विशेष अवसरमा जन्मदिन मनाउन पाउँदा नुतन खुसि देखिएकी थिइन्। निर्देशक शम्भु प्रधानका अनुसार चलचित्र नारी कथा बस्तुमा बन्न लागेको छ। Sumina-garima-dikpal

Copyright © 2012 - 2026 | All Right Reserved.