गीतकार कल्पनाको ‘जालहारी’ सार्वजनिक



काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।

‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.