सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै



काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्। सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरि सकेका छन् । यो उनको निर्देशकीय पहिलो चलचित्र हुनेछ। पदम बिस्वकर्माले लेखेको कथामा चलचित्र बन्ने भएको छ।

दि पाल्म ग्रुपले निर्माण गरेको चलचित्र ‘टुल्की’ ले यसै बर्ष चलचित्र विकास बोर्डले प्रदान गर्ने बिसेष चलचित्र पुरस्कार जित्न सफल भएको थियो। सामाजीक कथामा नै चलचित्र बनाउन रुचि राख्ने निर्माता लामाले ‘लुसु’ पनि बिसेष रहने बताए। नवराज श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा अजय स्यांङतान मुख्य सहायक निर्देशक रहनेछन्। नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन्। चलचित्रमा काम गर्ने अन्य कलाकार तथा प्राबिधिक छनोट कार्य भई रहेको निर्माता लामाले बताए। चलचित्रको बारेमा अन्य जानकारी छिट्टै प्रेस रिलिज मार्फत दिइने निर्माण टिमले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.