भजन शिरोमणि भक्तराज आचार्य


 

 

 

 

 

 

भजन शिरोमणि भक्तराज आचार्य

  • जन्म- १९९९
  • जन्म स्थान-धनकुटा
  • पिता-बल भद्र आचार्य
  • माता-रेनुका आचार्य

एल्बम –

  • भक्तराज आचार्यका आधुनिक गीतहरु
  • समर्पण भाग 1/भाग 2
  • हजार सपना (सी डी )
  • जहाँ छन् बुद्धका आँखा
  • भगवान

सम्मान तथा पुरस्कार

  • भजन शिरोमणि
  • गोर्खा दक्षिण बाहु
  • त्रिशक्ति पट्ट (पहिलो)
  • बिरेन्द्र-ऐश्वर्य सेवा पदक
  • राष्ट्रिय प्रतिभा पुरस्कार
  • छिन्नलता पुरस्कार
  • इमेज एफ एम लाइफ टाइम अचिभ्मेंट अवार्ड
  • हिट्स एफ एम लाइफ टाइम अचिभ्मेंट अवार्ड आदि

बि सम् २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु गाउनु भयो उहाँले गाउनु भयका गीत हरु मध्ये २०-२५ वटा गीत हरु बाहेक आफ्नै संगीत रहेको छ।
उहालाई २०४६ सालमा एउटा बज्रपात आइ लाग्यो उहा माथि काठमाडौँ को बौद्ध मा साँगातिक हमला भयो जसको कारण उहाको टाउकोमा १०० टाँका लगाउनु परेको थियो । उहाँको त्यो चोट निको नहुदै अर्को बज्रपात आइलाग्यो उहाँको जिब्रो मा देखियको सानो खटीराले क्यान्सर को रुप लियो जसको कारणले २०५० मा उहाको जिब्रो काट्नु पर्यो र उहाको सुरिलो स्वर हामी बाट टाढा हुन पुग्यो।अर्को अर्थमा भन्नु पर्दा नेपाली सांगितिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाजलाई गुमायो र नेपाली सांगितिकक्षेत्रमा अपूरणिय क्षति भयो जुन क्षति सानो तपस्या  र लगावले पुरा गर्न सम्भव छैन । “कोही नगरोस….

प्रेम अमर प्रेमको मूल्य कहाँछ …..” यो गित नै उहाँको लागी अन्तिम गीत थियो , नेपाली संगीत ईतिहासको  

अहिलेको उहाँको जिवन
सधै संगितमा व्यस्त रहने भक्तराज आचार्यको अहिलेको जिवन भने नितान्त भिन्न छ। अहिले उहाँ त्यती बाहिर निस्कनु हुन्न न त कुनै सम्मनकार्यक्रममा नै जान रुचाउनु हुन्छ। अहिले उहाँको दैनिकी सामान्य  रहेको छ। आजकाल घर वरी परीको सरसफाई र आफ्नो नियमित काम हरुमै दिन बित्छ। कहिले काही गित संगित पनी सुन्ने उहाँको बानी छ तर अहिलेका आधुनिक मानिने गायक र गित भने उहाँको प्राथमिकतामा कहिलेपर्दैनन। उहाँले गुलाम अलीसफकत अली खाँ आदीका गित सुन्न मनपराउनुहुन्छ। यस बाहेक उहाँको सपना पुरा गर्न लागि पर्नु भएका उहाँका दुईछोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई गित संगितको बारेमा ज्ञान दिनु पनी उहांको दैनिकी हो। सत्यस्वरुपका जुन गितबजारमा आउँछन ति गितमा पहिले उहाँको सिग्नेचर भएर मात्र आउँछन।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.