‘चित्रा’को ट्रेलर सार्वजनिक



काठमाडौं। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको ट्रेलर २ मिनेट ५९ सेकेन्ड लामो छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’ को निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायांकन गरेको चलचित्रलाई बनिश शाह र सन्देश शाहले सम्पादन गरेका हुन् । सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.