हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक



काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएकोचलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। चलचित्रको लेखक पनि उनी​ स्वयंम हुन् ।

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

‘महाजात्रा’मा बटमलाइनका रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक प्रदीप भट्टराईले यसपटक चलचित्रमा रमाइलो मात्र नभएर नेशनल इस्यु उठाउने प्रयास रहने बताए । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ ।

यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले​ छायांकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.